राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताविरुद्ध प्रदर्शन

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताविरुद्धमा प्रदर्शन भएको छ। शुक्रबार सचेत नागरिक दाङले प्रतिष्ठान अगाडि प्रदर्शन गरेको हो।

राष्ट्रिय सतर्कता केन्द्रले प्रतिष्ठानमा पदाधिकारी नियुक्ति नै गैरकानुनी भएको ठहर गरेको थियो। सतर्कता केन्द्रले पदाधिकारी नियुक्ति गैरकानुनी ठरह गरेपछि पनि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन।

सरकारले कारबाहीको प्रक्रिया अगाडि नबढाएपछि सचेत नागरिक दाङले प्रतिष्ठान अगाडि प्रदर्शन गरेको छ।

गैरकानुनी नियक्ति खारेज गर, धेरै भयो लापर्वाही कहिले हुन्छ कार्वाही, प्रतिष्ठानको भ्रष्टाचार हेरिदेउन सरकार, प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप बन्द गरलगायतका नारा लगाउँदै प्रदर्शन भएको छ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, रजिस्ट्रार प्रकाश थापा, डेपुटी रजिस्ट्रार झन्कार लामिछाने र प्रशासन म्यानेजर राजेन्द्रप्रसाद न्यौपानेको नियुक्ति गैरकानुनी भएको सतर्कता केन्द्रको ठहर छ।

प्रतिष्ठानमा नियुक्ति मात्र होइन, सामान मेडिकल सामान खरिदमा समेत अनियमितता भएको भन्दै यसअघि अख्तियारमा मुद्धा परेको थियो।

प्रकाशित मिति: : 2023-08-04 16:03:00

प्रतिकृया दिनुहोस्