अमेरिकामा सडक दुर्घटनामा ११ किशोर घाइते

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

अमेरिकाको उत्तरपश्चिमी राज्य इडाहोमा किशोर क्याम्पर बोकेको एउटा स्कुल बस घुमाउरो राजमार्गमा पल्टिँदा ११ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

एघार जना घाइतेमध्ये, सात जना गम्भीर र चार सामान्य गाइते भएका छन्।

बसमा रहेका सबै बच्चालाई स्थानीय अस्पतालमा पुर्याइएको इडाहो राज्य प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति: : 2023-08-06 06:38:00

प्रतिकृया दिनुहोस्