जर्जियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुग्यो

जर्जियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ। जर्जियाको राजधानी टिबिलिसीबाट १ सय ४० किलोमिटर टाढा रहेको रिसोर्ट क्षेत्रमा पहिरो जाँदा १७ मृत्यु भएको हो भने १८ जना बेपत्ता भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त पहिरोमा परी बेपत्ता भएका १८ जनाको खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। ती क्षेत्रमा रहेका होटल र कटेजहरु पहिरोले पुरिएर ध्वस्त भएका छन्।

मृतक १७ मध्ये अधिकांश पर्यटकहरु रहेका छन्। जर्जियामा गत सातादेखि जारी भारी वर्षा कायम रहेकाले थप बिनासकारी घटना हुन सक्ने भन्दै सर्वसाधरणलाई सचेत तुल्याइएको छ।

प्रकाशित मिति: : 2023-08-07 06:10:00

प्रतिकृया दिनुहोस्