...त्यसपछि टुट्यो सैफ अली खान र अमृता सिंहको सम्बन्ध 

तस्बिरः सामाजिक सञ्जाल
तस्बिरः सामाजिक सञ्जाल

बलिउडमा कैयौं विवाह भयो र अन्तिममा सम्बन्ध बिच्छेद भयो। जसमा सामिल छन्। सैफ अली खान र अमृता सिंह। दुई जनाको प्रेम कथा सबैले जनाले देखेका थिए। १२ वर्ष ठुली अमृतालाई देख्नेबित्तिकै सैफ उनको प्रेममा घायल भएका थिए। 

सनी देओल र रवि शास्त्रीसँग सम्बन्ध टुटेपछि दुखी भएकी अमृताले पनि सैफलाई चाहेकी थिइन्। विस्तारै उनीहरूको सम्बन्ध प्रेममा परिवर्तन भयो। र उनीहरू विवाह गरे। 

सन् १९९१ मा वैवाहिक सम्बन्धमा बाँधिएका उनीहरूबीच उतारचढाव आउन सुरु भयो। विवाह गरेको केही वर्षपछि नै उनीहरूबीच भएको झगडा फैलिन थाल्यो। 

उनीहरू विवाद बढ्न थाल्यो र उनीहरूले अलग–अलग बस्न थाले। टाढिएर बसेका उनीहरू दूरी घट्नका सट्टा बढ्न थाल्यो। र अन्तिममा उनीहरूले छुट्टिने निर्णय गरे। 

अमृता–सैफ छुट्टिजुको के थियो कारण?

जब प्रेम त्यतिधेरै थियो भने सम्बन्धमा तितोपना आयो कसरी? यसको पछाडिको कारण मीडियाले अनेक बतायो। पहिलो कारण थियो, उमेर। 

अमृताभन्दा १३ वर्ष ठुली थिइन्। सैफ त्यो समय २१ वर्षका थिए, त्यही अमृता भने आफ्नो एक चरण्ढाको उमेर पार गरिसकेकी थिइन्। त्यसैले उनीहरूबीच मनमुटाव हुनु स्वभाविक नै थियो।

र दोस्रो कारण अमृताले विवाहपछि फिल्ममा काम नगुर्न। त्यो समय अमृता सुपरस्टार थिइन् र सैफको एक फिल्म पनि रिलिज भएको थिएन।

तर करिअरको त्यो समयमा पनि अमृताले विवाह र परिवारको लागि काम छाडिन्। त्यही कुरा उनीहरूलाई अड्कन थाल्यो र रिस निकाल्यो। 

२००४ मा भयो सम्बन्ध बिच्छेद 

अमृता र सैफको सम्बन्ध बिच्छेद २००४ मा भएको थियो। उनीहरूको डिर्भोसपछि सैफले करिना कपूरसँग विवाह गरे र अमृताले दोस्रो विवाह नगर्ने निर्णय लिइन्। र अहिले पनि उनी एक्ली छिन्।

प्रकाशित मिति: : 2023-08-16 22:10:00

प्रतिकृया दिनुहोस्