‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने घोषणा गरेका छन्।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा उनले नेपाल पत्रकार महासङ्घको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार परिचयपत्रका आधारमा सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिएका हुन् ।
त्यस्तै, पत्रकारको क्षमता विकासका लागि आगामी वर्ष आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने सरकारले जनाएको छ। सोहीअनुसार नेपाल पत्रकार महासंघको कार्यालय परिसर सञ्चारग्राममा प्रेस संग्रहालय निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ।
सोहीअनुसार सबै स्थानीय तहमा फोर जी सेवा विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ। दुरसञ्चार सेवाको सेवा चुस्त गरिने तथा सबै प्रदेशमा चलचित्र छायाङ्कन स्थल निर्माण गर्ने सरकारले बताएको छ ।
अर्थमन्त्री पौडेलकाअनुसार नेपाल टेलिभिजनको प्रशारणलाई विश्वव्यापी बनाउन एनटीभी वल्र्ड कार्यक्रम प्रशारण गरिने छ। त्यस्तै, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका लागि ७ अर्व ७४ करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया