दुई महिनापछि खुल्याे संस्कृत विश्वविद्यालयमा लगाइएकाे ताला 

नेपाल संस्कृत विश्वविद्यालयमा भएको तालाबन्दी झण्डै दुई महिनाको खुलेको छ। विद्यार्थी संगठनहरुले विश्वद्यालयको केन्द्रीय कार्यालयका विभिन्न विभागमा लगाएको ताला दुई महिनाको खुलेको हो।

संस्कृत विश्वविद्यालयमा अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी युनियन, नेविसंघले तालाबन्दी गरेका थिए। 

सेवा आयोग र डिनको कार्यकक्षमा लगाएको ताला नेपाल विद्यार्थी संघ (नेविसंघ)ले हिजो (बुधबार) खोलेको हो। 

नेपाल संस्कृत विश्वविद्यालय र नेविसंघबीच भएको वार्तापछि ताला खुलेको विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले जानकारी दिए। सहमतिमा सेवा आयोगले गरेको विज्ञापनको परीक्षाको सम्पूर्ण जिम्मेवारी लोक सेवा आयोगलाई दिइने भएको छ। 

विश्वविद्यालय सेवा आयोगले २०७८ चैत २६ गते शिक्षक तथा कर्मचारीका विभिन्न पदमा विज्ञापन आह्वान गरेको थियो। उक्त विज्ञापनको परीक्षा प्रणालीमा प्रश्न उठाउँदै नेविसंघले असार ९ गते तालाबन्दी गरेको थियो।

केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले असार ३ गते केन्द्रीय कार्यालयमा लगाएको ताला साउन १९ गते ५५ दिनपछि खोलेको थियो।

यसअघि अनेस्ववियुले गरेको तालाबन्दी अनेरास्ववियुको केन्द्रको निर्देशनपछि खुलेको थियो।

संस्कृत विश्वविद्यालयको घट्दो कदमाथि झन कैँची चलाउँदैछ सरकार

संस्कृत विश्वविद्यालय: जहिल्यै तालाबन्दीको मार, राज्यलाई भारैभार

प्रकाशित मिति: : 2023-08-17 11:20:00

प्रतिकृया दिनुहोस्