नेपालकै बृहत् मानिने कला प्रदर्शनी ‘हिमालयन आर्ट फेस्टिभल’ आज (बिहीबार)देखि सुरु भएको छ।
बबरमहलस्थित आर्ट काउन्सिलमा बिहीबार वरिष्ट मूर्तिकार प्राध्यापक गोविन्दनारायण ज्यापुको प्रमुख आतिथ्य फेस्टिभलको उद्घाटन गरिएको हो। फेस्टिभलमा ८० जना कलाकारहरुको कला समावेश छन्।
ई- आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष दसैँको अवसरमा कला प्रदर्शनी गर्दै आइरहेको छ। त्यसकै निरन्तरता स्वरुप आजदेखि सुरु भएको यस वर्षको प्रदर्शनी भदौ १३ गतेसम्म चल्ने कलाकार इशान परियारले जानकारी दिए।
तस्बिरहरु :