बर्दिया कारागारकाे काँडेतार लगाएकाे पर्खालबाट हाम फालेर कैदी फरार

बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन्। कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ।

आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढा क्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट हामफाली फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए।

वि.सं. २०७१ मा ठाकुरबाबा– ८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए। उनी कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय काटिरहेका थिए।

प्रकाशित मिति: : 2023-09-03 13:43:00

प्रतिकृया दिनुहोस्