लुम्बिनी

हिजाे राजीनामा दिएकी केसी आज मन्त्रालय फर्किँदै, कसरी मिल्याे कुरा ?

शनिबार दिउँसो लुम्बिनी प्रदेशकी विनाविभागीय मन्त्री कृष्णा केसी (नमुना)ले मन्त्री पदबाट राजीनामा दिइन। आफूले राेजेकाे मन्त्रालय नपाएकाे भन्दै केसीले मन्त्रीमण्डल विस्तार हुने दिन राजीनामा दिएकी हुन। तर, उनकाे राजीनामा स्वीकृत नगरेर मुख्यमन्त्री गिरीले केसीलाई आन्तरिक मामिला तथा सहकारी मन्त्रालयकाे जिम्मेवारी दिए।

केसीले पार्टीभित्र भौतिक पूर्वाधार विकास मन्त्री बन्ने अडान लिएकी थिइन। पार्टीले बरियताक्रम नमिल्ने भन्दै उनलाई आन्तरिक मन्त्रालय दियाे। भाैतिक पूर्वाधार मन्त्रालय पूर्व मन्त्रीसमेत रहेका माओवादी नेता  इन्द्रजीत थारूले पाए। थारू केसीभन्दा अग्रज नेता हुन।

राेजेकाे मन्त्रालय आफूले नपाएपछि राजीनामा दिएकी केसीलाई मुख्यमन्त्रीले मन्त्रालयकाे जिम्मेवारी दिएपछि उनी छलफलमा छिन। पार्टीका संसदीय दलका नेता तथा नवनियुक्त आर्थिक मामिला मन्त्री जाेखबहादुर महरासँग केसीले छलफल गरिरहेकाे नवनियुक्त मन्त्री इन्द्रजीत थारूले बताए।

केसीले बिएल नेपाली सेवासँग छाेटाे कुरा गर्दै मन्त्रालयमा फर्किने वा नफर्किने भन्ने विषयमा छलफल भइरहेकाे बताइन। माओवादीका नेताहरूका अनुसार केसी सम्भवतः मन्त्रालयकाे जिम्मेवारीमा फर्किने छिन।

शनिबार मुख्यमन्त्री गिरीले थप ७ मन्त्रालय विस्तार गरे भने विनाविभागीय दुई मन्त्रीलाई मन्त्रालयकाे जिम्मेवारी दिएका थिए। मुख्यमन्त्री गिरीकाे सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ मन्त्री नियुक्तसँगै मन्त्रालयकाे जिम्मेवारी ताेकेका थिए।

नवनियुक्त मन्त्रीहरूकाे आज आइतबार दिउँसो १ बजे सपथ ग्रहणकाे तयारी गरिएकाे छ।

कसले कुन मन्त्रालय पाए ?

शनिबार विस्तारित मन्त्रीमण्डलअनुसार १० सदस्यीय लुम्बिनीकाे मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित एमालेले पाँच मन्त्रालय राखेकाे छ। जसअनुसार, एमालेका चेतनारायण आचार्य खानेपानी ग्रामिण तथा शहरी विकास मन्त्री बनेका छन्। यस्तै विष्णुप्रसाद पन्थी स्वास्थमन्त्री, दुर्गाप्रसाद चाैधरी वन तथा वातावरण मन्त्री र तुलसीराम शर्मा  कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका छन्।

माओवादी केन्द्रबाट प्रदेशसभाका संसदीय दलका नेतासमेत रहेका जाेखबहादुर महरा आर्थिक मामिला मन्त्री, इन्द्रजीत थारू भौतिक पूर्वाधार विकास मन्त्री र  कृष्णा केसी नमुना आन्तरिक मामिला तथा सहकारी  मन्त्री बनेका छन्।

यस्तै लुम्बिनी प्रदेश सरकारमा राप्रपा र जनमत पार्टी पनि सहभागी भएकाे छ। राप्रपाबाट जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री बनेका छन् भने, जनमत पार्टीबाट  चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन्।

सरकलाई विश्वासकाे मत दिएकाे नागरिक उन्मुक्ति, जसपा, लाेसपा र नेकपा एकीकृत भने सरकारमा सहभागी भएकाे छैन।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुँदै गिरीले पहिलाे पटक तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेकाे एक महिनापछि शनिबार दाेस्राे पटक मन्त्रीमण्डल विस्तार गरे। पुस २७ गते प्रदेशसभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। गिरीले माघ ५ मा ५९ सांसदको विश्वासको मत पाएका थिए।

प्रदेशमा एमाले सबैभन्दा ठुलो दल हो। जसका २९ सांसद छन्, त्यस्तै सत्तापक्ष माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, जनमत पार्टीका ३ र जसपाका ३ रहेका छन्।

त्यस्तै काँग्रेसका २७, लोकतान्त्रिक समाजवादी पार्टीका ३, जनमोर्चा र एकीकृत समाजवादीका १/१ सांसद रहनेछन्। लुम्बिनीमा ८७ सांसद छन्।

प्रकाशित मिति: : 2023-02-12 10:00:00

प्रतिकृया दिनुहोस्