एमाले लुम्बिनी अधिवेशन: दाङले सचिवसहित सबै उम्मेदवारहरुकाे नाम सर्वसम्मत टुंग्यायो

नेकपा (एमाले) दाङले लुम्बिनी प्रदेश सचिवसहित प्रदेश सदस्यका उम्मेदवारहरुकाे नाम सर्वसम्मतले टुङ्गाे लगाएको छ। २४ जना प्रदेश सदस्य पाएको दाङले सबै उम्मेदवारहरु सर्वसम्मत टुंगो लगाएको हो।

यस्तै प्रदेश सचिव उम्मेदवारका लागि लक्ष्मण आचार्यको नाम पनि सर्वसम्मत रुपमा टुङ्गाे लगाएको एमाले दाङले जनाएको छ।

एमाले दाङका अध्यक्ष हुकमबहादुर बस्नेत, सचिव मनोहर बुढाथोकीसहितको जिल्ला समितिले सर्वसम्म नाम टुंगो लगाएको हो। सर्वसम्मत नाम टुंगो लगाउनेमा रोल्पा (७), रुकुम (६), नवलपरासी पश्चिमलगायत लगायत छन्।

एमाले लुम्बिनीको प्रथम अधिवेशन चलिरहेको समयमा अध्यक्ष चयन कठिन भइरहेको छ। केन्द्रीय तहका नेताहरु प्रदेश अध्यक्ष सर्वसम्मत चयनका लागि छलफलमा छन्।

प्रकाशित मिति: : 2023-09-03 19:27:00

प्रतिकृया दिनुहोस्