तारा एयरकाे विमान दुर्घटना

विमान दुर्घटना : शव भिर र खोंचमा अड्किएकाेले संकलनमा कठिनाइ

तस्बिर- नेपाली सेना
तस्बिर- नेपाली सेना

पाेखराबाट जाेमसाेमका लागि उडेकाे तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव संकलन गरिरहेका छन्।

जहाजमा आगो नलागेको उनीहरुले बताएका छन्। स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए।

‘शवहरु गन्दै छौँ। अप्ठेरो छ, ठाउँ,’ उनले भने,‘सुरुमा भर्खरै आएको हुनाले केही शव अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो। तर, सबै शवहरु चिनिने अवस्थामा रहेछन्। आगो लागेको छैन।’

प्रकाशित मिति: : 2022-05-30 09:40:00

प्रतिकृया दिनुहोस्