लुम्बिनीमा प्यानल बनाएर चुनाव लड्दै विष्णु पौडेल र शंकर पोखरेल 

फाइल तस्विर
फाइल तस्विर

एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि दुई वटा प्यानल खडा गरिएकाे छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले समूह नै बनाएर उम्मेदवारी दिएका छन्।

प्रथम अधिवेशनमै एमाले लुम्बिनीको गुटबन्दी छताछुल्ल हुने गरी गुटगत राजनीति चरम अवस्थामा देखिएको छ। सर्वसम्मत नेतृत्व चयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बुटवल पुगे पनि सफल हुन नसकेपछि आजै निर्वाचन हुँदैछ।

विष्णु पौडेल प्यानलबाट अध्यक्षमा राधाकृष्ण कँडेल, उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, सचिवमा सोमनाथ सापकोटा, उपसचिवमा गोपाल राना र लीला रानाको उम्मेदवारी दर्ता भएको छ।

यस्तै शंकर पोखरेलको प्यानलबाट अध्यक्षमा हरि रिजाल, उपाध्यक्षमा विश्वराज बराल, सचिवमा लक्ष्मण आचार्य,उपसचिवमा पूर्ण बुढा र वसन्ती अधिकारीको उम्मेदवारी दर्ता भएको छ।

तर, गुटबन्दीकाे राजनीति नमान्ने भन्दै उपाध्यक्ष पदमा शान्तकुमार वलीको पनि उम्मेदवारी दर्ता भएको छ।

प्रकाशित मिति: : 2023-09-04 14:20:00

प्रतिकृया दिनुहोस्