एमाले लुम्बिनीका अध्यक्षका उम्मेदवार रिजालविरुद्ध उजुरी

नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षका उम्मेदवार हरि रिजालविरुद्ध उजुरी परेको छ। उनको उम्मेदवारीको वैधानिकतामाथि प्रश्न उठाउँदै उजुरी परेको हो।

लुम्बिनी अध्यक्षका लागि रिजालसँगै राधाकृष्ण कँडेल चुनावी मैदानमा छन्। आज (सोमबार) हुन लागेको निर्वाचनअघि रिजालविरुद्ध निर्वाचन समितिमा उजुरी परेको एक नेताले बताए।

ती नेताकाअनुसार रिजाल लुम्बिनी प्रदेश पार्टी सदस्य नरहेकाले उनको उम्मेदवारी खारेज हुनुपर्ने उजुरीमा उल्लेख छ।

रिजाल प्युठानको नौबहिनी गाउँपालिका– ६ का हुन्।

प्रकाशित मिति: : 2023-09-04 14:44:00

प्रतिकृया दिनुहोस्