बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणमा परी एक महिनाको मृत्यु भएको छ। मधुवन नगरपालिका–३ की ५२ वर्षीया कली बंसीकाे बाघकाे आक्रमण परी मृत्यु भएकाे हो। 

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर कार्कीका अनुसार बंसी शुक्रबार (आज) दिउँसो १२ बजे साेही ठाउँकाे सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी थिइन। 

सोही समयमा बाघले आक्रमण गरेर उनलाई मारेको कार्कीले बताए। बाघले आक्रमण गरेको खबरपछि खोजीका लागि गएको प्रहरी टोलीले शव साँझ करिब ५ बजेतिर फेला पारेको थियो। 

अहिले शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको छ। 

प्रकाशित मिति: : 2023-09-08 19:14:00

प्रतिकृया दिनुहोस्