दुई महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयमा लागेको ताला

फाइल तस्विर
फाइल तस्विर

नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला दुई महिनापछि खुलेको छ। दुई महिनाअघि साउन ४ गते माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगमा ताला लगाएको थियो। 

ताला लगाएको दुई महिनापछि विश्वविद्यालय र विद्यार्थी संगठनबीच पाँचबुँदे सहमति भएपछि ताला खुलेको हो। विश्वविद्यालयले उपप्राध्यापक र प्रशिक्षक नियुक्तिको परीक्षा लोक सेवा आयोगलाई दिने विषयमा असहमति जनाउँदै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो। 


याे पनि– दलका प्राध्यापक र कर्मचारीले नै उक्साउँछन् विद्यार्थी संगठनलाई ताला लगाउन


विश्वविद्यालयको सेवा आयोग हुँदा-हुँदै लोकसेवा आयोगलाई परीक्षाको जिम्मा दिनु गैर जिम्मेवार रहेको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको भएपनि हाल भएको पाँच बुँदे सहमतिमा यो विषयमा कतै उल्लेख गरिएको छ। 

विद्यार्थीको तालाबन्दीले असोजको ३ गतेदेखि हुने भनिएको उपप्राध्यापक र प्रशिक्षकको परीक्षा स्थगित भएको थियो। बिहीबार भएको पाँच बुँदे सहमतिमा तालाबन्दी हुँदा गरिएको मुख्य मागका विषयमा केही खुलाइएको छैन। 

सहमतिमा सेवा आयाेगका आगामी विज्ञानपन अनलाइनबाट हुनुपर्ने, कर्मचारी नियुक्ति अबदेखि केन्द्रीय कार्यालय दाङमा गर्ने र तालाबन्दी खुला गर्नेलगायत सहमति भएको छ।

पाँचबुँदे सहमति पत्र

प्रकाशित मिति: : 2023-09-21 19:18:00

प्रतिकृया दिनुहोस्