आर्टमान्डूबाट नयांँ गीत 'उडान' सार्वजनिक

आर्टमान्डूबाट नयाँ म्युजिकल फिल्म 'उडान' सार्वजनिक भएको छ। आर्टमान्डूको युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडिओमा ट्र्याक्टर ड्राइभरको जीवनशैली र नेपालको ग्रामीण परिवेशलाई प्रस्तुत गरिएको छ।

गीतमा आशिष अविरलको स्वर तथा संगीत सुन्न सकिन्छ। गीतको भिडियोमा सम्राट थापा, अन्जना बराइली र प्रकाश नेपालीको अभिनय रहेको छ।
आर्टमान्डूको पछिल्लो समय 'फूलथुंगे रानी' र 'पाहुना हजुर' लोकप्रिय छन्। 'तीनपाते', 'के माया लाग्छ र र? ', 'घुमीघुमी'जस्ता चर्चित म्युजिकल फिल्म निर्माण गरेको आर्टमान्डुको यो फरक प्रयास हो। ' जीवनमा अधिकतम बाँच्, हास्न, नाच्न जानेका मजेदार पात्रमाथि  यो सिर्जना समर्पित गर्न पाउँदा एकदम खुशी छौं' निर्देशक नवीन चौहान भन्छन्।

पाँचथर, इलामको सीमानामा रहेको  सप्तमी बजारमा भिडिओको छायांकन गरिएको थियो। आर्टमान्डूले आगामी मंसिरबाट फ्लोरमा जानेगरी फिल्म 'ऊनको स्वीटर' घोषणा गरिएको छ।

प्रकाशित मिति: : 2023-10-06 18:31:00

प्रतिकृया दिनुहोस्