‘हामी त आयौं, तर ग्रिनेड फालेर बचाउने साथी बन्धक छन्’

अनलाइनखबर

गौरव पोखरेल, दिपेश शाही

८ अक्टुबर २०२३, शनिबार बिहान इजरायलको आकाश धुम्म थियो । चितवनको रामपुर क्याम्पसबाट इजरायल गएकी विद्यार्थी शोभा पासवानका अनुसार धुँवाको कालो मुस्लो मात्र देखिन्थ्यो ।

‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तरगत त्यहाँ पुगेकी पासवान के भइरहेको छ भन्ने भेउ पाइरहेकी थिइनन् । किनकि इजरायलमा मिसायल प्रहार भएर साइरन बज्नु सामान्य जस्तै भइसकेको थियो। ‘तर अरुबेलाभन्दा लामो समयसम्म साइरन बजिरहँदा एकदमै डर लाग्यो’, उद्धार उडानमार्फत काठमाडौं आएपछि पासवानले अनलाइनखबरसँग सुनाइन्, ‘बाहिर साथीहरु कुदेको देखेपछि बंकरतिर गयौं । किनकि त्यस्तो बेला बंकरमा सुरक्षित भइन्छ भन्ने पहिल्यै सिकाइएको थियो ।’

प्रकाशित मिति: : 2023-10-13 10:37:00

प्रतिकृया दिनुहोस्