इन्दिरा गान्धीको त्यो टेलिफोन !

राजधानी दैनिक

सरोज मिश्र

 

२०२८ सालको पौष १ गते । राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर ’देशको हावापानी माटो सुहाउँदो’ पञ्चायती ब्यवस्था कायम गरेर अकंटक राज्य गरेको ११ बर्ष भइसकेको थियो।

मुलुकका ’अराष्ट्रिय तत्व’ हरू सबै लाखापाखा लागिसकेका थिए । कथित कांग्रेस कम्युनिष्ट अधिकांश भारतको कुना कन्दरामा लुकेर बसेका थिए । बाँकी केही मुलुक भित्रै जेलमा थिए ।

केहीले त मौसुफका प्रति वफादार रहने बाचा कबोल नै गरिसकेका थिए । मौसुफको बरद नेतृत्वलाई चुनौती दिने कोही थिएनन्, थिए भने पनि ’मुट्ठीभर’का केही !!

प्रकाशित मिति: : 2023-10-14 16:52:00

प्रतिकृया दिनुहोस्