बेनीकाे बालगृहका बालबालिकाले अध्यक्ष शाक्यसँगै दसैँ मनाए

म्याग्दीकाे बेनिस्थित बालगृहमा दसैँ मनाइएकाे छ। अभिभावक गुमाएका आठ बालबालिकाले नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यको हातबाट टीका ग्रहण गरेका थिए।

अध्यक्ष शाक्यले बालबालिकालाई टीकासहित दक्षिणा, खाना र आशिर्वाद दिएका थिए।

बालगृहका बच्चालाई खाना खुवाउने व्यवस्था कतारमा वैदेशिक रोजगारमा रहेका मालिका गाउँपालिका- ५ का म्याग्दी प्रवासी संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिका कोषाध्यक्ष नगेन्द्र फगामीले गरेका थिए।

विभिन्न कारणले अभिभावकविहीन बालबालिकाहरुलाई चाडवार्डको बेला अभिभावकको अभाव महसुस नहोस् भनेर उनीहरुसँगै रमाइलो गरी उनीहरुको साथ दसैँ मनाएकाे अध्यक्ष शाक्यले बताए।

‘सानै उमेरमा अभिभावकदेखि बिछोडको पीडा न्यूनिकरण गर्न र सामाजिक चाड पर्वबाट बञ्चित नहोस् भन्ने हाम्रो प्रयास हो,’ शाक्यले भने, ‘उनीहरुसँगै बसेर चाडपर्व मनाउन पाउँदा हर्षित छु। यस्ता कार्यहरु आगामी दिनमा पानि गरिरहने छौँ।’

घर बिदामा आएको बेला बालगृहका बच्चाहरुसँग दसैँ मनाउन पाएकोमा मोना अन्तराष्ट्रिय कार्यसमितिका कोषाध्यक्ष फगामीले खुसी व्यक्त गरे।

गत सालदेखि बाल संगठनकाे नेतृत्व सम्हाले यता शाक्यले बालबालिकहरुसँग विभिन्न व्यक्ति र संघ संस्थाको हातेमालोमा सामूहिक रुपमा दसैँ मनाउँदै आएका छन्।

प्रकाशित मिति: : 2023-10-24 21:33:00

प्रतिकृया दिनुहोस्