बिएल संवाददाता
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज चितुवा मृत फेला परेको छ।
माछापुच्छ्रे–३ घाचोकस्थित ढावा पुल नजिक पोथी प्रजातिको अन्दाजी चारदेखी पाँच वर्षको चितुवा मृत भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ल्वाङका रेञ्जर रवीन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार चितुवाको घाँटीमा चोट लागेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा चितुवा पासोमा परेको देखिएको गौतमले बताए। 'चितुवा मृत देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि हामी घटनास्थलमा पुगेका थियौँ। चितुवा पासोमा परेर मरेको देखिन्छ', गौतमले भने।
अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराका पशु चिकित्सक डा सुरेश नेपालीले घाचोक प्रहरी चौकीमा ल्याएर चितुवाको शव परीक्षण गर्नुभएपछि मुचुल्का बनाएर गाडिएको थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया