पिता मार्ने पुत्र पक्राउ

बिएल संवाददाता

सुदूरपश्चिम

बुवाको हत्या गरेको अभियोगमा कैलालीको जानकी गाउँपालिका–३ का २४ वर्षीय गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

शनिवार आफ्नै घरमा घरायसी विवादका क्रममा ढुङ्गा प्रहार गर्दा गणेशका बुवा ४५ वर्षीय हिरासिंह चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लोकराज अवस्थीले बताएका छन्।

प्रकाशित मिति: : 2023-10-29 21:36:00

प्रतिकृया दिनुहोस्