आइतबार, १४ सेप्टेम्बर २०२५

विश्वासको मत गुमाए प्रधानमन्त्री ओली कुन विकल्पमा जालान् ?

रातोपाटी

रातोपाटी

काठमाडौं
News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ मा विश्वासको मत नपाउने लगभग निश्चित भएको छ। काँग्रेस, माओवादी, जसपा र पार्टीभित्रकै झलनाथ खनाल र माधव नेपाल समुहका सांसदले मत नदिने भएपछि ओलीले संसदबाट विश्वास गुमाउने भएका हुन्।

यद्यपि मतदानको अघिल्लो दिन एमाले मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमाले सांसदहरुलाई ह्वीप जारी गरेका छन्। त्यस्तै ओलीले आइतबारै वक्तव्य जारी गरेर सामुहिक राजीनामा अपराध हो भनेका छन्।

‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई जवाफ दिन्छौं’ ओलीले भनेका छन् ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु।’

माधवकुमार नेपाल समूहलाई लक्षित गरी ओलीले विज्ञप्तिमा  ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु। तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु’ भनेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!