‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
रातोपाटी
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ मा विश्वासको मत नपाउने लगभग निश्चित भएको छ। काँग्रेस, माओवादी, जसपा र पार्टीभित्रकै झलनाथ खनाल र माधव नेपाल समुहका सांसदले मत नदिने भएपछि ओलीले संसदबाट विश्वास गुमाउने भएका हुन्।
यद्यपि मतदानको अघिल्लो दिन एमाले मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमाले सांसदहरुलाई ह्वीप जारी गरेका छन्। त्यस्तै ओलीले आइतबारै वक्तव्य जारी गरेर सामुहिक राजीनामा अपराध हो भनेका छन्।
‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई जवाफ दिन्छौं’ ओलीले भनेका छन् ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु।’
माधवकुमार नेपाल समूहलाई लक्षित गरी ओलीले विज्ञप्तिमा ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु। तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु’ भनेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया