फिटनेस टिप्स

‘धकधक गर्ल’ माधुरी दीक्षितको फिटनेस टिप्स

तस्बिर–सामाजिक सञ्जाल
तस्बिर–सामाजिक सञ्जाल

बलिउडकी अभिनेत्री माधुरी दीक्षितको आकर्षक मुस्कान र उनको सुन्दरताका लाखौं फ्यान छन्। माधुरीको एक झलक पाउनका लागि उनका लाखौं फ्यानले उनलाई सोसल मिडियामा फलो गर्छन्। 

माधुरी दीक्षितको सुन्दरताको रहस्य भनेको जीवनमा अनुशासन कायम राख्नु हो। माधुरीको विश्वास छ कि नियमित व्यायाम, योग र स्वस्थ आहारले  शरीरलाई मात्र होइन दिमागलाई पनि सुन्दर बनाउँछ।

माधुरी दीक्षितको सुन्दरता र परफेक्ट फिगरको रहस्य उनको नृत्य हो। माधुरी फिट रहनका लागि हरेक दिन नाच्छिन् साथै नृत्यसँगै उनको मुहारमा आनन्द र चमक पनि आउँछ। 

माधुरी खाना र व्यायाममा कहिल्यै सम्झौता गर्दिनन्, यसका लागि उनी नियमित मर्निङ वाक र एक्सरसाइज अवश्य गर्छिन्।

माधुरीले एक अन्तरवार्तामा आफूलाई जापानी खाना मन पर्ने बताएकी थिइन्।

जापानीहरूले फिटनेसको लागि उसिनेको, भुटेको, बेक्ड र हल्का फ्राइड खाना खान्छन्, त्यसैले माधुरी दीक्षितले पनि आफ्नो खानामा जापानी प्रविधिको प्रयोग गर्छिन्। 

माधुरीले आफ्नो आहारमा मिश्रित तरकारी, च्याउ, टोफू आदि समावेश गर्छिन्। यसबाहेक माधुरी नियमित रुपमा हर्बल टी र नरिवलको पानी पिउँछिन्। 

प्रकाशित मिति: : 2023-11-06 21:25:00

प्रतिकृया दिनुहोस्