तलब कटाएर भूकम्प प्रभावितलाई घोराहीको १५ लाख सहयोग 

दाङको घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

आइतबार बसेको नगर कार्यपालिका बैठकले यस्तो निर्णय गरेको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए। 

उनकाअनुसार नगरभित्रका जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरि १३ सय ६६ जनाको एक दिनको तलब कटाएर उक्त रकम सहयोग गर्न लागिएको हो। 

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठुलो क्षति भएको छ। 

जाजरकोट र रूकुम पश्चिममा भूकम्पबाट १ सय ५७ जनाको मृत्यु भएको छ।

भूकम्पका कारण देशभर ९१० घर पूर्ण रूपमा क्षति पुगेको छ। यस्तै २ हजार ८६१ घरमा आंशिक क्षति भएको छ।  

प्रकाशित मिति: : 2023-11-05 21:14:00

प्रतिकृया दिनुहोस्