प्रदेशको सत्ता समीकरण

कर्णालीको पराकम्प लुम्बिनी झर्ने खतरा: माओवादीको टेको गुम्दा जोगिएलान् मुख्यमन्त्री पोखरेल ?

लोकान्तर

काठमाडौं

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएपछि कर्णाली प्रदेशमा आएको पराकम्पको असर लुम्बिनी प्रदेशसम्म पनि झर्ने खतरा बढेको छ।

एमाले र माओवादी केन्द्रबीचको सत्ता समीकरणमा मुख्यमन्त्री बनेका शंकर पोखरेल पछिल्लो समय संकटमा छन्।

कर्णालीमा एमालेले विश्वासको मत फिर्ता लिएपछि माओवादी नेतृत्वको सरकार धर्मराएको अवस्थामा छिमेकी प्रदेश लुम्बिनीमा माओवादीले सरकारलाई लामो समय टेको दिइराख्ने देखिँदैन।

नेकपा एकीकृत छँदा पूर्व माओवादी खेमाका केही सांसदको समेत समर्थनमा बलियो बनेका मुख्यमन्त्री शंकर पोखरेल एमाले र माओवादी ब्युँतिएपछि माओवादीको समर्थन पाइराख्ने वा अन्य कुनै दलको समर्थन लिनुपर्ने बाध्यात्मक अवस्थामा छन्।

प्रकाशित मिति: : 2021-03-21 14:03:00

प्रतिकृया दिनुहोस्