‘शोकमा छ जाजरकोट, बाँचेकालाई गाँस–बासको समस्या छ’

कमल प्रभात

जाजरकोट
BreaknLinks
BreaknLinks

शुक्रबार मध्यरातदेखि भूकम्पकाे केन्द्रविन्दु अर्थात् ‘जाजरकोट’ बेस्सरी बिथाेलिएकाे छ। भुइँचालोपछिकाे ‘जाजरकोट र रुकुम पश्चिम’मा सन्नटा छाएकाे छ।

त्याे मध्यरात अधिकांश मानिसहरू गहिरो निद्रामा सुतिरहेका बेला भूकम्पले पश्चिम नेपाल हल्लायाे।

र, भत्काइदियाे ढुंगा–माटाेले बनेका हजाराैँ–हजार कच्ची घर। भूकम्प पीडितहरूले एउटा घर मात्र गुमाएका छैनन्, उनीहरूले परिवारजन र आफन्तसमेत गुमाएका छन्।

जाजरकाेट शाेकमा छ। अब कहिल्यै नफर्किनेगरी ‘भग्न घरमुनि’ मृत भेटिएका प्रियजनकाे ‘एउटै चिता’मा दाहसंस्कार गरेकाे कहालीलाग्दाे कथा–व्यथा सुनाउन बाध्य छन् भूकम्प पीडित।

‘जाजरकोट र रुकुम पश्चिम’का पीडितहरूले भूकम्पबाट घर भत्किएपछि खुला चाैरमा रात बिताइरहेका छन्। पालसमेत नपाएका कतिपय पीडितहरूले ‘बोरा, लुङ्गी र घरायसी सामग्री’ बेरबार पारेर रात काटिरहेकाे सुनाउँछन्।

०००

शक्तिशाली भूकम्पबाट गाउँ नै खण्डहर भएपछि पीडितहरूलाई गाँस–बासकाे समस्या भएको बताउँछन्– जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्ती। बिएल नेपाली सेवासँग उनले घरहरू पूर्ण रुपमा ध्वस्त भएको, आंशिक रुपमा चर्किएका घरमा पनि बस्न सकिने अवस्था नरहेको बताएका छन्। 

जाजरकाेटका भूकम्प पीडितलाई अहिले आधारभूत आवश्यकता खान, बस्न र सुत्नकाे समस्या भइरहेको मेयर घर्तीको भनाइ छ। साथै पटकपटक भूकम्पले हल्लाइरहँदा नागरिकको पुनःस्थापनामा चुनौती थपिएकाे बताएका छन्। 

उनकाअनुसार भेरी नगरपालिकामा शुक्रबार मध्यराति गएको विनाशकारी भूकम्पले ४२ जनाको ज्यान लगेकाे छ। प्रस्तुत छ, बिएलकर्मी कमल विकले नगरप्रमुख चन्द्रप्रकाश घर्तीसँग गरेको कुराकानीको भिडियो अंशः

प्रकाशित मिति: : 2023-11-06 20:56:00

प्रतिकृया दिनुहोस्