टिकटक बन्द नगरे कारबाही गर्ने प्राधिकरणकाे चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरुलाई तत्काल टिकटक बन्द गर्न आदेश दिएकाे छ। प्राधिकरणले विज्ञप्ति जारी गर्दै साेमबारकाे मन्त्रिपरिषद्काे निर्णय तत्काल कार्यन्वयन गर्न इन्टरनेट प्रदायक कम्पनीहरुलाई आदेश दिएकाे हाे।

सरकारले साेमबारदेखि नै टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेपनि केही इन्टरनेट प्रदायक कम्पनीहरुले टिकटक बन्द गरेका छैनन्। यसैबीच प्राधिकरणले निर्णय कार्यन्वयन गर्न आदेश दिएकाे छ। ‘...केही सेवा प्रदायक नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेकाे र टिकटक प्रयाेग भइरहेकाे भन्ने बुझिन आएकाेले तत्काल प्राधिकरणकाे निर्देशन कार्यन्वयन गरी जानकारी गराउनुहुन सम्बन्धित सबैलाई अनुराेध गरिएकाे छ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ।

आदेशकाे पालना नगरे इन्टरनेट प्रदायक कम्पनीहरुलाई कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएकाे छ।

प्रकाशित मिति: : 2023-11-14 18:06:00

प्रतिकृया दिनुहोस्