अमेरिकामा प्यालेस्टाइनी विद्यार्थीमाथि गोलीप्रहार गर्ने बन्दुकधारी पक्राउ

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकाको भर्मन्ट राज्यको बर्लिङटनमा तीनजना प्यालेस्टाइनी मूलका विद्यार्थीमाथि गोलीप्रहार गर्ने जेसन जे इटनलाई गिरफ्तार गरिएको छ। इटनविरूद्ध हत्या प्रयास गरेको अभियोगको मुद्दा अगाडि बढाइ पनि उनले अभियोग अस्विकार गरेका छन्।

अभियोग अस्विकार गरे पनि उनी धरौटीमा रिहा भएका छैनन्, हिरासतमै छन्।

अमेरिकाको भर्मन्टमा तीन प्यालेस्टाइनी युवामाथि गोली प्रहार

इटनले घृणा अपराध गरेको सम्भावित कोणबाट अनुसन्धान अघि बढिरहेकाले उनलाई धरौटीमा रिहा नगरिएको बताइएको छ। न्युयोर्क राज्यकी सरकारी अभियोजक सराहा जर्जले यो घटना घृणा अपराध नै भएको दाबी गरेकी छिन्। 

इटनलाई घटना भएको एक दिनपछि घटनास्थल नजिकैबाट आइतबार अपरान्ह पक्राउ गरिएको हो। उनी घटनास्थल नजिकैको एक अपार्टमेन्टको बासिन्दा भएको बताइएको छ। उनीबाट घटनामा प्रयोग भएको सटगन पनि बरामद गरिएको बर्लिङ्टन प्रहरी प्रमुद जन मुरादले बताएका छन्।

४८ वर्षीय इटनले थैक्स गिभिङको बेला बर्लिङटनमा रहेकी एक आफन्तकोमा आएको बेला उनीहरू घुम्न निस्केका तीन प्यालेस्टाइन विद्यार्थी तहसीन अलि अहमद, किन्नन अब्दलहमिद र हिशम अवर्तानीमाथि गोली प्रहार गरेका थिए। तीनमध्ये दुईले प्यालेस्टाइनले लगाउने मफलर केफियाज लगाएका थिए। त्यही बेला ह्याण्डगन लिएर आएका एटनले उनीहरूमाथि गोली प्रहार गरेको थियो।  

मध्यपूर्वमा इजेरेल र हमास आम्नेसाम्ने भएको बेला एक श्वेत बन्दुकधारीले गरेको आक्रमणलाई अमेरिकी श्वेतहरूमा रहेको प्यालेस्टाइनविरोधी घृणाका रूपमा लिइएको छ।

प्रकाशित मिति: : 2023-11-28 01:38:00

प्रतिकृया दिनुहोस्