माटो छैन तर, लटरम्म फलेको छ ‘खुर्सानी’ (फोटो फिचर)

माटो विना खुर्सानी फलेको छ भन्दा कतिपयलाई अचम्म लाग्न सक्छ। तर, दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना भेंडेखुर्सानी लटरम्म फलाएका छन्। 

कसरी? हाइड्रोपोनिक्स विधि प्रयोग गरेर। कोकोपिट (नरिवलको जटा)मा हाइड्रोपोनिक्स विधिबाट खुर्सानी खेती गरिएको छ। 

अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट क्याप्सिकम जातका खुर्साली फलेका छन्। जुन थोकमा प्रतिकिलो रु ४०० मा बिक्री हुँदै आएको छ। 

तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: : 2023-11-30 05:26:00

प्रतिकृया दिनुहोस्