शुक्रबार, ११ जुलाई २०२५

महँगो डिर्भोस!

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2023-11-06 20:00:00
सांकेतिक तस्बिर
• • •

बलिउडमा त्यस्ता कयाैं जाेडीहरू छन्, जाे फिल्मबाट जाेडिएका छन्। तर उनीहरूकाे सम्बन्ध केही समय मात्र टिक्न सकेकाे छ। सुरूमा राम्राे सम्बन्ध रहेकाे जाेडी पछि महँगाे डिर्भाेसमा बदलिएकाे छ। जुन डिर्भाेसले परिवारलाई मात्र नभइ पूरै बलिउड र फ्यानहरूलाई चकित बनाएकाे छ। 

बलिउडका पाँच महँगा डिर्भाेसहरू–  

ऋतिक रोशन र सुजैन खान

अभिनेता ऋतिक रोशनले सन् २००० मा आफ्नी प्रेमिका सुजैन खानसँग विवाह गरेका थिए। पहिलाे भेटमै प्रेममा परेका थिए उनीहरू। भाग्यले साथ दिएझैं उनीहरूले अभिनेताकी बहिनी सुनैना रोशनको इन्गेजमेन्ट पार्टीमा भेटेका थिए। त्यही भेटबाट उनीहरू नजिकिदैं गए।

अन्ततः ऋतिकले सुजैनलाई एक रेष्टुरेन्टमा हस्तलिखित नोटसहित प्रपोज गरे र सुजैनले त्यसलाई स्वीकार गरिन्। तर विवाह गरेकाे १३ वर्षपछि डिर्भाेस भयाे। उनीहरूकाे डिर्भाेसले सबै जना निशब्द भए। ऋतिकले डिर्भाेस गरेबापत सुजैनलाई ४०० कराेड भारू दिएका थिए। 

मलाइका अरोड़ा र अरबाज खान

अरबाज र मलाइकाको पहिलो भेट कफी ब्रान्डको सुटिङको सेटमा भएको थियो जहाँ उनीहरूले एकअर्कासँग रोमान्स गर्नुपरेको थियो। दुबै जनाले एकअर्काेसँग आकर्षक भए। त्यसपछि उनीहरूले सँगै आफ्नो भविष्य बनाउने याेजना बनाए।

र, सन् १९९८ को डिसेम्बर १२ मा यो जोडीले विवाह गरे। तर उनीहरूकाे सम्बन्ध पनि धेरै टिक्न सकेन र सन् २०१५ मा सम्बन्ध बिच्छेद गरे। अरबाजले डिर्भाे गरेबापत १५ कराेड भारू चुकाएका थिए। अहिले मलाइका भने अभिनेता अर्जुन कपूरसँग प्रेम सम्बन्धमा छिन्। 

आमिर खान र रीना दत्ता

आमिर खान र रीना दत्ताकाे प्रेम कथा निकै 'फिल्मी' तरिकाले सुरु भएको थियो। यी दुई छिमेकी थिए र प्रायः झ्यालबाट एकअर्कालाई हेरिरहन्थे। एक दिन, आमिरले अन्ततः साहस जुटाए र रीनालाई आफ्नो प्रेम स्वीकार गरे। तथापि, रीनाले अस्वीकार गरिन्। रिपोर्टका अनुसार आमिरले रीनालाई आफ्नो रगतले भरिएको प्रेमपत्र समेत लेखेका थिए।

तर यो कुराले उनलाई उल्टो असर गऱ्यो र रीना रिसाइन्। तर जब आमिरले आफ्नो प्रेमकाे आशा त्याग्न लागे तब रीनाले प्रेम स्वीरिन्। सन् १९८६ अप्रिल १८ मा आमिर खान र रीना दत्ताले विवाह गरेका थिए। तर यो दम्पती १६ वर्षसम्म सँगै बसे र सन् २००२ मा शान्तिपूर्ण सम्बन्धविच्छेद गरे। यो डिभोर्सका लागि आमिरले ५० करोड भारु तिरेका थिए।

करिश्मा कपूर र संजय कपूर

करिश्मा कपुर ९० को दशकमा सबैभन्दा लोकप्रिय र सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीमध्ये एक थिइन्। गोविन्दादेखि सलमान खानसँग उनकाे जोडी बाधिन्थ्याे। अभिनेता अभिषेक बच्चननसँग विवाह गर्न लागेकी करिश्माकाे अचाजक इन्गेजमेन्ट ताेडियाे। त्यसपछि उनकाे सञ्जय कपुरसँग विवाह भयाे।

करिश्मा सञ्जयकी दोस्रो पत्नी थिइन् र उनीहरूले २९ सेप्टेम्बर २००३ मा विवाह गरेका थिए। यो दम्पतीका दुई बच्चाहरू छन् र १० वर्ष सँगै बसेपछि दम्पतीले छुट्टिने घोषणा गरे। श्रीमानबाट धेरै मानसिक यातना सहनुपरेकाे बताउँदै करिश्माले डिर्भाेस लिएका थिइन्। सञ्जयले  आफ्ना छोराछोरीका लागि १४ करोड भारुको छुट्याइदिएका थिए। 

अमृता सिंह र सैफ अली खान

अमृता बलिउडकी उत्कृष्ट पञ्जाबी छाेरी थिइन् भने सैफ नवाब थिए। सैफले फिल्म पाउन संघर्ष गरिरहेका थिए भने अमृता पहिलेदेखि नै स्टार थिइन्। तर यसले उनीहरू दुवैलाई एकअर्काको प्रेममा फस्नबाट रोकेन। सैफ र अमृताको भेट राहुल रवैलको फिल्म फोटोशूटको सेटमा भएको थियो, जुन सैफको डेब्यू फिल्म थियो।

सुटिङको क्रममा सैफले अमृता भेटेका उनीहरू विस्तारै नजिकदैं गए। र यो जाेडी सन् १९९१ मा विवाह गरे। तर विस्तारै उनीहरूबीच दटपट बढ्दै गयाे र १२ वर्षपछि उनीहरूले डिर्भाेस लिए। सैफले अमृतालाई ५ करोड भारु तिरेर सम्बन्ध छुट्याएका थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?