रुपन्देही दुर्घटनाः मृतक दुबै जनाको परिचय खुल्यो, तनावग्रस्त स्थल समान्य बन्दै 

रूपन्देहीमा स्कुल बसको ठक्करबाट मृत्यु भएको दुबै जनाको परिचय खुलेको छ। 

मृत्यु हुनेमा सांस्कृतिक नगरपालिका– ४ का २१ वर्षीय मोहम्मद इरसाद र १६ वर्षीया रुबिना खातुनरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। 

दुर्घटनामा १७ वर्षीया अप्सना खातुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। 

सूर्यपुरास्थित सिद्धार्थ प्रतिभा बोर्डिङ स्कुलको लु१क १७७८ नंको बसले लु३७प ८४८२ मोटरसाइकललाई शनिबार बिहान सांस्कृतिक नगरपालिका–४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा ठक्कर दिएको थियो। 

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुलबसमा आगो लगाइदिएका छन्। बस पूर्ण रुपमा क्षति भएको छ। 

त्यस क्षेत्रको अवस्था अहिले सामान्य बन्दै गएको पनि प्रहरीले जनाएको छ। घटनापछि बसका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ। 

बस स्कुलका विद्यार्थी बोकेर भ्रमणमा जाँदै जनाइएको छ।

प्रकाशित मिति: : 2023-12-02 13:25:00

प्रतिकृया दिनुहोस्