ढिला गरी लुम्बिनीमा विषयगत समितिको सभापति चयन थालिदै

ढिला गरी लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयन प्रकृया थालिएको छ। 

प्रदेशसभामा नयाँ सदस्य आएको वर्ष दिन पुग्दासमेत विषयगत समितिका सभापति चयन हुनेको थिएन। लुम्बिनी प्रदेशसभाले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकेको छ। 

लुम्बिनीमा ६ वटा विषयगत समिति छन्। सबै समितिको सभापति चयन गर्न पुस १६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय दिइएको छ। 

प्रदेशमा प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ, उद्योग तथा पर्यटन समिति, सार्वजनिक लेखा समिति छन्। 

यसअघि समितिको सदस्य मनोनयन भए पनि सभापति चयन भएका थिएनन्। समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरिएको थियो। 

६ वटा विषयगत समितिमध्ये कुन समिति कसलाई दिने भन्ने दलहरुले अझै टुंगो लगाउन सकेका छैनन्। 

 

प्रकाशित मिति: : 2023-12-19 10:23:00

प्रतिकृया दिनुहोस्