हुस्सु–कुहिरोले तराई–मधेशको जनजीवन कष्टकर, चिसोले बिरामी पर्न थाले वृद्धवृद्धा

बाक्लो हुस्सु–कुहिरोले तराई–मधेशको जनजीवन कष्टकर बनेको छ । एक सातादेखि चिसो बढेपछि विपन्न, वृद्धवृद्धा, गर्भवती, सुत्केरी प्रभावित छन् । सिराहाको लहान नगरपालिका– १४ बस्तीपुरको मुसहर बस्तीका करिब ६५ वर्षीय भसन सदाय घरको आँगनछेउमा बनाएको परालको खोपडीमा सुत्नुपर्दा चिसोले थलिएका छन् ।

सानो झुपडीमा छोरा, बुहारी, स–साना नातिनी सुत्न पनि सकस हुँदा आँगनको छेउमा मागेर ल्याएको परालको खोपडीमा सुत्न थालेपछि चिसोले दमको समस्या बल्झिएको उनको गुनासो छ । ‘छोरोले मजदुरी गर्छ । बालबच्चा पाल्नै ठिक्क छ,’ भसनकी श्रीमती सम्तोलियाले भनिन्, ‘छोराले दुई छाक जसोतसो खुवाइरहे पनि बुढाबुढी परालमा रात काटिरहेका छौँ ।’ 

प्रकाशित मिति: : 2024-01-14 09:36:00

प्रतिकृया दिनुहोस्