‘बरु मौनता बढोस्’ को म्युजिक भिडियो रिलिज

सङ्गीतकार शिखर सन्तोषकाे सङ्गीतमा ‘बरु मौनता बढोस्’ को म्युजिक भिडियो रिलिज भएको छ।

आनन्द अधिकारीको शब्द रहेको यो गीतमा सन्जिव पराजुली र टिका प्रसाईंको स्वर रहेको छ।

यस गीतको म्युजिक भिडियोमा सरोज खनाल, शर्मिला मल्ल, निशा कार्की, महेश खड्का र अनुरोध अधिकारीले अभिनय गरेका छन् भने भिडियोको निर्देशन दिनेश डीसीले गरेका हुन्।

पति-पत्नीको बीचमा सानो मतभेद भए पनि प्रेमको सम्बन्ध नटुटोस् भन्ने अर्थमा गितको सिर्जना भएको सङ्गीतकार सन्तोषले बिएल नेपाली सेवालाई बताए।

प्रकाशित मिति: : 2024-02-09 11:05:00

प्रतिकृया दिनुहोस्