१ फागुनदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनेदेखि बन्द हुने भएको छ।

गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनेदेखि बन्द हुनेबारे शुक्रबार गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो।

कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको विद्यमान कर प्रणालीको कारण १ फागुनदेखि हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। गोपीकृष्ण सिनेमा हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो।

प्रकाशित मिति: : 2024-02-09 15:31:00

प्रतिकृया दिनुहोस्