संसदमा काँग्रेसको अवरोध (लाइभ)

फाइल तस्विर
फाइल तस्विर

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ। प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ नेपाली काँग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका छन्।

सभामुखको अनुमतिले काँग्रेसकी सांसद सुशीला थिङले ‘सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारबाही किन हुँदैन?’ भन्दै प्रश्न गरेकी छन्। उनले लामिछानेको ठाउँमा अरु भएको भए के हुन्थ्यो’ भन्दै प्रश्न समेत गरेकी छन्।

सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारवाहीको दायरामा आउनुपर्ने माग गरिन्।

सांसद थिङले सहकारी प्रकरणबारे काँग्रेस संसदीय दलको बैठकले गरेका निर्णय समेत संसदमा सुनाइएकी थिइन्।

सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि काँग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका छन् ।  

भिडियाे :

प्रकाशित मिति: : 2024-04-09 13:06:00

प्रतिकृया दिनुहोस्