काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

बैठक सुरु हुनासाथ काँग्रेसले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारबाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोराएको थियो।

काँग्रेस सांसद सुशीला थिङले सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारबाहीको दायरामा आउनुपर्ने माग गरेकी थिइन्।

सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि काँग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका थिए।

लगातारको अवरोधपछि सभामुखले बैठक स्थगित गरेका छन्।

प्रकाशित मिति: : 2024-04-09 13:14:00

प्रतिकृया दिनुहोस्