आजदेखि ठमेल क्षेत्र २४सै घण्टा खुला (भिडियाे)

आजदेखि काठमाडौँकाे ठमेल क्षेत्र २४सै घण्टा खुला भएकाे छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे निर्देशनमा ठमेल पर्यटन विकास परिषद्ले २०८१ वैशाख १ गतेदेखि ठमेल क्षेत्र खुलाएकाे हाे।

याे सँगै आजदेखि ठमेलका सबै व्यवसाय पूर्णकालीन रुपमा सञ्चालन गर्न पाइनेछ। त्यसका लागि सुरक्षा व्यवस्था, यातायात, शाैचालयलगायत सबै कुराकाे व्यवस्था मिलाइएकाे प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन्।

भिडियाे : 

प्रकाशित मिति: : 2024-04-13 07:04:00

प्रतिकृया दिनुहोस्