नेकपा स्थापनाको हीरक महोत्सव (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव) का अवसरमा विशेष समारोह आयोजना गरेकाे छ। 

साेमबार ललितपुरको गोदावरीमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतका राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

समारोहलाई प्रधानमन्त्री पुष्पकमल प्रचण्डलगायत अन्य पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

आइतबार सम्पन्न एमालेको महाधिवेशन प्रतिनिधि राष्ट्रिय परिषद् बैठकले पार्टी स्थापनाको ७५ वर्ष पूरा भएका अवसरमा सो समारोहमा ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी समारोहमा  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले) का महासचिव सिपी मैनालीलगातका विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, सांसदहरू सहभागी भएका छन्।

महोत्सव समारोहमा राष्ट्रिय परिषद् सदस्यका साथै एमालेका काठमाडौँ उपत्यकाबाट जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्य, सबै पालिकाका पदाधिकारी र सचिवालयका सदस्य, सबै वडाका पदाधिकारी, सबै जनप्रतिनिधि (प्रतिनिधिसभा/राष्ट्रियसभाका सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख, स्थानीय तहका वडाध्यक्ष र सदस्य, सबै जनसङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्य, उपत्यकामा रहेका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य तथा हाल असङ्गठित रहेका तर पार्टीका पुराना र प्रतिष्ठित) सहभागी भएका छन्। 

प्रकाशित मिति: : 2024-04-22 13:19:00

प्रतिकृया दिनुहोस्