पछिल्लाे समय चर्चामा छिन् भारतीय अभिनेत्री सञ्जीदा शेख।
सञ्जय लिला भन्सालीकाे सिरिन्ज ‘हीरामण्डीः द डायमण्ड बजार’ काे उनी चर्चामा छाइरहेकी छन्।
सिरिन्जमा ‘वहिदा’ काे भूमिका निर्वाह गरेकी उनले धेरै प्रंशसा पाइरहेकी छन्। शेखले आफ्नो उत्कृष्ट अभिनयले सबैको होश उड़ाएकी छिन्।
सामाजिक सञ्जालमा उनको यो भूमिकाको निकै तारिफ भइरहेको छ। सञ्जय लीला भन्सालीसँग काम गरेपछि सञ्जीदा निकै खुसी छिन्। तर, यसअघि अभिनेत्री लामो समय बेरोजगार थिइन्। त्यहीपनि आफ्नै रुपको कारण।
सुन्दरताले बनायाे बेराेजगार
एक अन्तर्वार्तामा सञ्जीदा शेखले काम नपाएको चकित पार्ने खुलासा गरेकी छन्। सानो पर्दामा धेरै हिट टिभी शो दिएकी उनले राम्राे भूमिका नपाएकाे गुनासाे पाेखिन्।
उनी विगत केही वर्षदेखि घरमै बसिरहेकी थिइन्। यसको कारण उनको सुन्दरता थियो। आफू निकै सुन्दर भएको कारणले पटकपटक रिजेक्ट भएको अभिनेत्रीले बताइन्। धेरै पटक अडिसनमा जाँदा धेरै सुन्दर देखिने भएकाले भूमिका नपाएको भन्दै उनी कामबाट वञ्चित भइन्।
उनले पनि आफ्नो सुन्दर लुक्सलाई लिएर निकै असुरक्षा रहेको खुलासा गरेकी छन्। उनको गोरो अनुहार र सुन्दर लुकका कारण उनलाई चलचित्र निर्माताहरूले पटकपटक अस्वीकार गरेका छन्।
अभिनेत्रीले भनिन्, ‘म आफ्नो सौन्दर्यप्रति असुरक्षित छु, यही कारणले गर्दा पटकपटक राम्रो भूमिका पाउनबाट वञ्चित भएकी छु। यस विषयमा धेरै पटक निर्माताले मलाई अस्वीकार गरेका छन्।'
शेख टिभी उद्योगमा एक लोकप्रिय अभिनेत्री हुन्। उनले सानो पर्दामा 'क्या होगा निम्मो'का, 'एक हसिना थी', 'लभ का है इन्तेजार' जस्ता हिट शो दिएका छन्।
टिभी अभिनेता आमिर अलीसँगको विवाहलाई लिएर उनी निकै चर्चामा छिन्। तर, अहिले दुवैको सम्बन्धविच्छेद भइसकेको छ।