साफ यू–२० च्याम्पियनसिप आजदेखिः उद्घाटन खेलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा

साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ।

उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र  श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। 

यसअघि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रथंशालामा उद्घाटन खेल हुने भनिए पनि खराब मैदानका कारण खेल एन्फा कम्प्लेक्समा सरेको हो। एन्फा कम्प्लेक्समा हुने खेल हेर्नका लागि ३ सय रूपैयाँ टिकट दर तोकिएको छ।

च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन्। सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ए मा बंगलादेश र श्रीलंका रहेका छन्।

समूह बी मा भारत, मालदिभ्स र भुटान छन्।  समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। 

प्रकाशित मिति: : 2024-08-18 07:58:00

प्रतिकृया दिनुहोस्