पलेशा क्वाटरफाइनलमा पराजित

Break n Links
Break n Links

जारी पेरिस पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धन क्वाटरफाइनलमा पराजित भएकी छन्।

शुक्रबार भएको खेलमा के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यस प्रतिष्पर्धामा पलेशा क्वाटरफाइनलमा ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेससँग १०-८ ले पराजित भएकी थिइन्।

उनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी थिइन्। उनले मोराल्सलाई ३१-० ले पराजित गरेकी थिइन्।

प्रकाशित मिति: : 2024-08-30 17:24:00

प्रतिकृया दिनुहोस्