निर्वाचन विशेष

गठबन्धनको कारण घट्यो प्रिन्टिङको काम (भिडियोसहित)

आम निर्वाचन नजिकिएसँगै देशभर चुनावी प्रचारप्रसार व्यापक रूपमा भइरहेको छ।

यतिबेला गाउँ-सहरमा विभिन्न दलका उम्मेदवारबीच चुनावी प्रचारप्रसारको होडबाजी नै चलिरहेको छ।

देशभरका सबै प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरू निर्वाचन आयोगले प्रदान गरेको चुनाव चिन्ह लिएर भोट माग्न गाउँ-गाउँ पुगिरहेका छन्। 

मंसिर ४ गते हुने चुनावका लागि उम्मेदवारहरुई भोट माग्न भ्याइ-नभ्याइ छ। यता काठमाडौंस्थित बागबजारका भरत पौडेल भने पार्टीकाे झण्डा बनाउन व्यस्त छन्।

उनी दुई दशकदेखि छपाईको काममा आवद्ध छन्। किताब, बाेर्ड, पम्प्लेटलगायतमा प्रिन्ट गर्नु नै उनकाे मुख्य काम हाे। तर चुनावी माहाेलमा उनी विभिन्न राजनीतिक दलका झण्डा, ब्यानर र पम्प्लेट बनाउने गर्छन्। 

साेही कारण उनी हिजाेआज पार्टीका झण्डा बनाउनमा व्यस्त छन्। उनले चार जना कर्मचारी खटाएर पाँच हजार वटा झण्डा त बनाइसकेका छन्।  तर याे पटक भने प्रिन्टिङकाे काम धेरै भएकाे उनी बताउँछन्।

‘योभन्दा अघिल्लो वर्ष त हामी पार्टीका झण्डा, पम्प्लेट बनाउनमा भ्याइ-नभ्याइ थियौँ तर अहिले खासै काम छैन’, उनले बिएल नेपाली सेवासँग भने, ‘सायद राजनीति दलहरुसँग पहिलेकै स्टक भएर होला अहिले प्रिन्टिङकाे काम कम भइरहेकाे छ।’

गठबन्धनले गर्दा काम भएन

यस पटकको चुनावमा गठबन्धन भएको कारण पनि प्रिन्टिङकाे काम त्यति नभएकाे उनकाे बुझाइ छ। उनका अनुसार एउटै झण्डामा दुई/तीन वटा चुनाव चिन्ह भएकै कारण प्रिन्टिङकाे काम नभएकाे हाे। 

विगतको तुलनामा याे पटक प्रिन्टिङकाे काम नहुनु गठबन्धन मात्र नभई सामाजिक सञ्जाल भएको पनि उनकाे बुझाइ छ।

‘अहिले मानिसहरू भाैतिक भन्दापनि भर्चुअल माध्यमबाट उपस्थित हुन चाहन्छन्’, उनी भन्छन्, ‘अहिलेका मानिसहरू झण्डा बाेकेर हिँड्नुकाे सट्टा अनलाइनबाटै राजनीति दलहरूलाई आफ्नाे समर्थन दिइरहेका छन्, जसकारण प्रिन्टिङकाे काम कम भइरहेकाे छ।’

प्रकाशित मिति: : 2022-11-04 14:43:00

प्रतिकृया दिनुहोस्