सातादिनम सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो। अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ।

यो मूल्य हालसम्मकै उच्च हो। त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ।
 

प्रकाशित मिति: : 2025-03-28 11:13:00

प्रतिकृया दिनुहोस्