तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादीहरूले एकीकृत समाजवादीकाे कार्यालय ताेडफोेड गर्दै आगजनी गरेका छन्।
प्रदर्शनकारी कार्यालयका सबै सिसाहरू फुटाउँदै भित्र छिरेर सामानहरू झिकेर आगाे सल्काइदिएका हुन्।
यसअघि उनीहरूले तीनकुनेमा ब्यक्तिका घरमा पनि आगजनी गरेका थिए। अहिले त्याे आगाे भने नियन्त्रणमा आइसकेकाे छ।
तीनकुनेमा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भइरहेकाे छ। प्रहरीले अश्रुग्याँस तथा गाोलीसमेत हानेकाे थियाे।