सरकारको नीति तथा कार्यक्रम : संविधानको समीक्षा र संशोधन गरिने

सरकारले संविधानको समीक्षा गर्दै संशोधनको बाटोमा अघि बढ्ने नीति ल्याएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै पढिरहेको सरकारको नीति तथा कार्यक्रममा यस्तो प्रस्वना सुनाएका हुन्। 

यसअघि नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन हुँदा नै संविधान संशोधन गर्ने सहमति भएको थियो। 

‘संविधानको समीक्षा गर्ने र आपसी सहमतिमा संविधान संशोधन गर्ने’ सरकारको नीति तथा कार्यक्रममा भनिएको ‘यसका सवल पक्षलाई सुदृढ गर्ने कार्यान्वयनका पक्षमा देखिएका कमजोरीहरूलाई सच्याउँदै संविधान संशोधन गरिनेछ।’ 

प्रकाशित मिति: : 2025-05-02 15:21:00

प्रतिकृया दिनुहोस्