भारतीय नागरिकले दुवईमा बन्धक बनाएका तीन नेपाली महिलाको उद्दार

सांकेतिक तस्बिर

नेपाली महिलाहरुलाई मानव तस्करी गरि दुवईमा करिव एक महिना राखि मालावी पुर्याइएका तीन जनाको उद्दार गरिएको छ ।

गृह मन्त्रालयको अनुसार मालावीमा ४ बर्षदेखि नाइट कल्ब संचालन गर्दै आएका भारतीय नागरिकले अस्लाम अदाम सकरानीले आफ्नो कल्बमा डान्सरको रुपमा काम लगाइदिने भन्दै उनिहरुलाई दुवाईबाट मालावी पुर्याएका थिए ।

पछि उनिहरुलाई उक्त भारतीय नागरिकले बन्धक बनाइ राखेको अवस्थामा मालावी प्रहरीले उद्दार गरि गृह मन्त्रालयलाई आफ्ना नागरिक फिर्ता लैजान पत्रचार गरेका छन् । अनुसन्धान पुरा भएका तीन जनालाई मालावी इन्टरपोलले नेपाल फिर्ता पठाएको छ र उनीहरु बिहीबार काठमाडौं आइपुगेका छन् ।

अब उनीहरुसँग बयान लिएर नेपाल प्रहरीले थप अनुसन्धान गर्नेछ ।उद्दार गरिएको महिलाहरुको नाम थर र ठेगना भने उल्लेख गरिएको छैन ।

प्रकाशित मिति: : 2019-10-11 11:37:31

प्रतिकृया दिनुहोस्