चीनको जिङ्सु प्रान्तमा ग्यास विस्फोट: छको मृत्यु, ९ जना घाइते

सांकेतिक तस्बिर

चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा स्थानीय एक रेष्टुरेन्टमा ग्यास विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् ।

आइतबार सिहान जिल्लाको वाछी सहरको सडक छेउमा रहेको रेष्टुरेन्टमा स्थानीय समय अनुसार बिहान ११ बजे विष्फोट भएको थियो ।

घटनापछि घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पताल पठाइएकोमा छ ।

घाइते नौ जनाको अवस्था स्थिर रहेको जनाइएको छ ।

प्रकाशित मिति: : 2019-10-13 15:24:26

प्रतिकृया दिनुहोस्