संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
बिएल संवाददाता
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ भइरहेको छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा बहस भइरहेको छ। रिट निवेदकका तर्फबाट अधिवक्ताहरूले बहस सकेका छन्।
बुधबारको बहसमा अधिवक्ताहरूले रवि लामिछाने अहिले नेपाली भएपनि नेपाली नागरिक नभएको तर्क गरेका छन्।
निवेदकको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रवि लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि गर्नुपर्ने प्रक्रिया पूरा नगरेकाले उनी नेपाली नागरिक नभएको जिकिर गरेका छन्।
नागरिकता समाप्ती राज्य र व्यक्तिले निर्णय गर्न सक्ने भए पनि प्राप्तिका लागि भने कानुनसम्मत् प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहेको बताउँदै उनले सो प्रक्रिया पूरा नगरेकाले लामिछानेले अहिले नेपाली नागरिक नरहेको बताएका हुन्।
अमेरिकाको ग्रिनकार्ड लिने बेलामा लामिछानेले अरु कुनै देशको नागरिक नरहेको शपथ लिएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले ग्रिनकार्ड त्यागेपछि उनले नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै नथालेको बताए। उनले नजिरको रुपमा किरण गुप्ताको मुद्दाबारे बताएका छन्।
रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ताहरुले अमेरिकी नागरिकता त्यागेपछि लामिछानेले नेपालको नागरिकता लिन प्रक्रिया सुरु नगरेकाले उनी नेपाली नागरिक नरहेको दाबी गरेका छन्।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया