गान्धी परिवारले पाउँदै आएकाे विशेष सुरक्षा हटाउने भारत सरकारको फैसला

तस्बिरः एजेन्सी

भारतको केन्द्र सरकारले कांग्रेस अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी र प्रियंका गान्धी वाड्राको एसपीजी (विशेष सुरक्षा समूह) सुरक्षा हटाउने फैसला गरेको छ।

पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यापछि पूरै गान्धी परिवारलाई एसपीजी सुरक्षा कभर दिने फैसला गरिएको थियो। तर, भारतीय संचार माध्यम एएनआइले शुक्रबार प्रकाशित गरेको समाचार अनुसार यी तीन जनालाई दिइएको एसपीजी सुरक्षा हटाउने निर्णय गरेको हो।

Govt Sources: Govt has decided to withdraw SPG protection from the Gandhi family(Sonia Gandhi,Rahul Gandhi and Priyanka Gandhi Vadra), they will now be accorded Z+ security pic.twitter.com/Auina87oQ8

— ANI (@ANI) November 8, 2019

एएनआइका अनुसार गृह मन्त्रालयको सुरक्षा समीक्षा कमिटीको बैठकले यो निर्णय लिएको हो । गान्धी परिवारको सुरक्षा समीक्षापछि गान्धी परिवारलाई धेरै खतरा नरहेको पाइएपछि सुरक्षा संयन्त्रलाई बदल्ने फैसला गरिएको हो ।

कमिटीको सिफरिसपछि अब गान्धी परिवारका सदस्यलाई एसपीजीको सट्टा सीआरपीएफ (केन्द्र आरक्षित प्रहरी बल) को जेड प्लस सुरक्षा प्रदान गरिनेछ ।

अहिले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र गान्धी परिवारलाई मात्र एसपीजीको सुरक्षा प्राप्त थियो ।

प्रकाशित मिति: : 2019-11-08 17:41:32

प्रतिकृया दिनुहोस्